इजिप्ट मलेरियामुक्त देश घोषणा

एजेन्सी

मंगलबार, ०६ कार्तिक २०८१, ०८ : ३४
इजिप्ट मलेरियामुक्त देश घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ ।

इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले सोमबार भनेका छन्, ‘मलेरियाको बिमारी त्यति पुरानो हो जति स्वयं इजिप्टको सभ्यता प्राचीन छ । तर इजिप्टको प्राचीन शासकहरुलाई सताउने यो बिमारी अब इतिहासका पन्नामा समेटिएको छ र भविष्यका लागि यसको खतरा समाप्त भएको छ ।’

उनले भने, ‘इजिप्टलाई मलेरिया मुक्त घोषणा गर्ने यो निर्णय वास्तवमै ऐतिहासिक हो र यो त्यहाँका जनता र सरकारको प्रतिबद्धताको प्रमाण पनि हो ।’

प्रतिक्रिया दिनुहोस