काठमाडौं । युट्युबले आफ्नो भिडियो प्लेटफर्ममा धमाधम डुप्लिकेट कन्टेन्टको संख्या बढ्न थालेपछि महत्त्वपूर्ण निर्णय लिएको छ ।
अब डुप्लिकेट कन्टेन्ट अप्लोड गर्ने च्यानललाई नै युट्युबले बन्द गरिदिनेछ । पाइरेटेड भिडियोहरू युट्युबमा भाइरल भइरहेका हुन्छन् तर मानिसले तिनैलाई असली ठानिदिन्छन् ।
युट्युब पार्टनर प्रोग्रामको उपयोग गर्ने क्रिएटरले कम्पनीका नयाँ नियम पालन गर्नुपर्ने हुन्छ ।
एनग्याजेटमा छापिएको रिपोर्टअनुसार, युट्युबको पार्टनर भएका पुराना तथा नयाँ प्रयोगकर्ताले नियम पालन गर्नुपर्छ र नगरेमा उनीहरूको च्यानल हटाइनेछ ।
भिडियो ओरिजिनल हो कि डुप्लिकेट हो, युट्युबले तत्कालै थाहा पाइहाल्नेछ ।
थर्ड पार्टी स्रोतबाट अप्लोड भएका वाहियात कन्टेन्ट हटाइनेछ ।
प्रयोगकर्ताहरूले अनेकौं च्यानलमा बारम्बार अप्लोड गरिरहेको भिडियो पत्ता लगाइनेछ ।
कपीराइट टूल्समा खरो नउत्रने भिडियो हटाइनेछ ।
तेस्रो पक्षको कन्टेन्ट अप्लोड गर्ने क्रिएटरसँग लाइसेन्स हुन जरूरी छ । अनि भिडियोमा देखाइने सामग्री उचित पनि हुनुपर्छ नत्र युट्युबले थाहा पायो भने कारवाही गर्छ ।
लाइसेन्सप्राप्त प्रयोगकर्ताले नियमअनुसार भिडियो लिन पाउँछ तर तपाईंले अर्काको च्यानल मोनिटर गरेर भिडियोमा परिवर्तन गर्नुभयो भने त्यसमा कदम उठाइनेछ ।
नयाँ नियम त्यस्ता युट्युबेहरूलाई लक्षित गरेर बनाइएको हो जो अन्य च्यानलबाट भिडियो चोरेर त्यसमा अलिकति परिवर्तन गरेर आफ्नो च्यानलमा अप्लोड गर्छन् वा अर्काको कन्टेन्ट आफ्नो भिडियोमा देखाउँछन् । नयाँ नियम
आएपछि युट्युबमा भिडियोको गुणस्तरमा वृद्धि हुनेछ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ असोज २०७५, १४ : ५०
लेखकबाट थप