काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।
अध्यक्ष प्रचण्डले केन्द्रीय पदाधिकारी, स्थायी समिति, प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकको रायसुझावका आधारमा दसैँ र तिहारबिच केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका थिए । अब छठपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘अध्यक्ष जिल्ला दौडाहामा हुनुहुन्छ । अन्य साथीहरू पनि जिल्ला–जिल्लामा व्यस्त हुनुहुन्छ । छठ पर्वपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने भन्नुभएको छ । आवश्यक परे पदाधिकारी बैठक बस्छ’, शर्माले भने ।
केन्द्रीय समिति बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुको साथै नेताहरूको कार्यविभाजन, समाजवादी आन्दोलनको कार्यक्रम तय गर्ने माओवादी केन्द्रको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे