चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन आएका छन् ।
उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरे । बेपत्ता योद्धा दण्डपाणि न्यौपाने र अन्य शहीदहरूको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरू चितवन आएका हुन् ।
न्यौपाने र अन्य शहीदहरूको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले विशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरूलाई आयोजकले एउटै मञ्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।
दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा हुने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने कार्यक्रम छ ।
जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरू विभिन्न समयमा पार्टी विभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउने प्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार बनेको १०० दिन पूरा भएपछि विरोध सुरु हुन्छ : प्रचण्ड
गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड
रवि पक्राउ पर्न सक्छन् : प्रचण्ड
प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् : प्रचण्ड
बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन : प्रचण्ड