काठमाडौँ । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् ।
गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बिहान साढे ७ बजेतिर उनीहरू काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु