‘छक्का पञ्जा-५’को एक सातामा १० करोड कमायो

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १३ : २५
‘छक्का पञ्जा-५’को एक सातामा १० करोड कमायो

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने ।

गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस