काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताएका छन् ।
नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताए ।
नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भने, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।
मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
बीआरआई अनुदानमा लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ
जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ
प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ : मन्त्री गुरुङ