काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृत्तिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताएका हुन् ।
न्यायालयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए । गुरुङले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
गुरुङले मुलुकमा दिगो स्थायित्व कायम गर्न सके मात्रै दिगो विकास सम्भव रहेको बताउँदै सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षलाई कटाक्ष गर्न मन्त्रीले संसद्मा सुनाए पीएन क्याम्पसको ०२६ सालको किस्सा
यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गर्योः सञ्चारमन्त्री
सार्वजनिक सेवा प्रशारण संस्थाहरु चाकडी गर्ने संस्थाको रुपमा विकास भयो : सञ्चारमन्त्री
बीआरआई अनुदानमा लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ
जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छ : मन्त्री गुरुङ