राप्रपा महामन्त्री राणा डिस्चार्ज

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, १४ : ४६
राप्रपा महामन्त्री राणा डिस्चार्ज

काठमाडौँ । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्ज पछि पनि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

डिस्चार्ज भएपछि उनले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन् ।

जटील रोगको उपचारबाट स्वस्थ भई पार्टीका एजेन्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ ।

देश, जनता र पार्टीका एजेन्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’

राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा सुल्तान प्रधानको टिमले शल्यक्रिया गरेको थियो । 

प्रतिक्रिया दिनुहोस