राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १२ : ०८
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका छन् । 

संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।  संसदको दुबै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस