एजेन्सी । स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्की ले ह्याट्रिक गरे। खेलको सुरुवातमै राफिन्हाको क्रसलाई उपयोग गर्दै लेडवाक्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।
३६ वर्षीय भेट्रान खेलाडीले २२ ओ मिनेटमा ब्राजिलियन स्टार राफिन्हाकै सहयोगमा अर्को गोल गरेका हुन्।
३२ ओ मिनेटमा एरिक गार्सियाको पासमा गोल गर्दै उनले ह्याट्रिक गरे। उनले पछिल्ला ११ खेलमा कुल १२ गोल गरेका छन्।
एट्लेटिको म्याड्रिड भने रियल सोसिडाडसँगको खेलमा १-१ गोलको बराबरी रोकिएको छ। आइतबार राति नै भएको खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हराएको छ। गिरोनाले एथलेटिको क्लबसँगको खेलमा २-१ को जित हात पारेको छ।
९ खेलको समाप्तिमा बार्सिलोनाको २४ तथा रियल म्याड्रिडको २१ अङ्क छ। एट्लेटिको म्याड्रिड र भिल्लारियलको १७ अङ्क छ। ओसासुनाको १५ तथा एथलेटिको क्लबको १४ अङ्क छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ असोज २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
ला लिगामा रियलको जीत, बार्सिलोनासँग अंक बराबरी
बार्सिलोनामा नेपालीहरुले भरतपुर भ्रमणको बाँडे निम्तो