लिभरपुलको लगातार दोस्रो जीत

एजेन्सी

विहीबार, १७ असोज २०८१, १० : २१
लिभरपुलको लगातार दोस्रो जीत

एजेन्सी । च्याम्पियन लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ । साविक विजेता रियल गएराति फ्रान्सेली टोली लिएसँग १-० पराजित भएको हो ।

जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले पेनाल्टीमार्फत् गोल गरेका थिए । 

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो । दुवैको समान ३ अंक छ ।

लिगकै अर्को खेलमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ । इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको हो । लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १-१ गोल गरे ।

अन्य खेलमा बायर्न म्युनिख एस्टन भिल्लासङ्ग १-० ले पराजित हुँदा मोनाको र डिनामो २-२ को बराबरीमा रोकिए । इटालियन क्लब युभेन्टेसले आरबी लिपेइजलाई ३-२ गोलले पराजित गर्‍यो । 

प्रतिक्रिया दिनुहोस