बुद्ध एयरले थप्यो काठमाडौं-भद्रपुर उडान

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ०८ : १९
बुद्ध एयरले थप्यो काठमाडौं-भद्रपुर उडान

काठमाडौ । बुद्ध एयरले काठमाडौं- भद्रपुर गन्तव्यमा उडान थपेको छ।

यात्रुको अत्याधिक माग आएपछि बुद्धले बिहीबार दुइटा उडान गर्न लागेको जनाएको छ । 

साथै शुक्रबारबाट दैनिक एक उडान थप गरिएको कम्पनीले जनाएको छ। बाढी र पहिरोको कारण राजमार्गहरू पूर्ण रूपमा चल्न नसकेपछि हवाई यात्रुको चाप बढेको छ।

हाल बुद्धले यस गन्तव्यका लागि ६ वटा उडान गर्दै आएको छ। 

यो गन्तव्यका लागि न्यूनतम ६ हजार चार सय रूपैयाँ र अधिकतम १२ हजार ८० रूपैयाँ भाडादर तोकिएको छ।