सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ०८ : २१
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ । पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस क्षेत्रमा थप वर्षा हुने पनि विभागले जानकारी दिएको छ । 

निरन्तर ठुलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ । 

यस क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस