कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०८ : ५३
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । 

कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ । 

पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । 

दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस