रामेछाप विमानस्थलमा बाढी पस्यो

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १५ : २२
रामेछाप विमानस्थलमा बाढी पस्यो

काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा बाढी पसेको छ । तामाकोशी नदी किनारमा रहेको यो विमानस्थलमा बाढी पसेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

रामेछाप विमानस्थलबाट लुक्लामा नियमित उडान हुने गर्छ । विमानस्थलमा अहिले तारा एयर र समिट एयरका दुई जहाज रोकिएका छन् । विमानस्थलमा रोकिएका जहाजमा असर नगर्ने गरी पार्किङ मिलाइएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस