मनाङ । मनाङ जिल्लामा निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न क्षेत्रमा विद्युत, इन्टरनेट र मोबाइल नेटवर्कमा अवरोध आएको छ भने सडक अवरुद्ध हुँदा आवागमन पनि कठिन बनेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार असोज १० गतेदेखि जिल्लामा निरन्तर पानी परिरहेको छ। वर्षाको कारण पहिरो जाँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्युतका पोलहरूमा क्षति पुगेपछि केन्द्रीय विद्युत् प्रशारण हिजोदेखि नै अवरुद्ध भएको छ। ‘विद्युत् अवरुद्ध हुँदा राति १:३० बजेदेखि बिहान ६:१५ बजेसम्म सम्पूर्ण संचार सेवा ठप्प भएको थियो। हाल भने विद्युत्, इन्टरनेट र मोबाइल नेटवर्क पुनः सञ्चालनमा आएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।
वर्षाले बेसिशहर-चामे सडकखण्डको लमजुङतर्फ पर्ने रामबजार र च्याम्चे क्षेत्रमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। पहिरो हटाउने कार्य जारी रहेको र यातायात सञ्चालनका लागि सम्भवतः केही दिन लाग्न सक्ने आचार्यले जानकारी गराए। ‘सडक मर्मत कार्यलाई द्रुतगतिमा अघि बढाइरहेका छौं, तर वर्षा नरोकिएकाले केही कठिनाइ छ,’ उनले थपे।
त्यस्तै, जिल्लाका उच्च पहाडी क्षेत्रहरू हुम्डे, नार, र फु लगायतका स्थानहरूमा हिमपात भएको छ जसले गर्दा जनजीवन सामान्य रूपमा प्रभावित भएको छ। हिमपात र अविरल वर्षाको कारण सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ असोज २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा पहिलो हिमपात
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
‘अचम्मै पो भो ! हिउँ नै परेन’
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन
मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो