रवीन्द्र मिश्र र माओवादी अध्यक्ष प्रचण्डबिच भेट

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, १२ : १४
रवीन्द्र मिश्र र माओवादी अध्यक्ष प्रचण्डबिच भेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।

प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका थिए ।

प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस