सेकुवा भन्नेबित्तिकै जोकसैको मुख रसाउँछ । मासुका पारखीहरुले क्षणिक स्वादका लागि खाने सेकुवाले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्ने मासुविज्ञ तथा डाक्टरहरु बताउँछन् । सडक पेटीदेखि शहरमा खुलेका अधिकांश रेस्टुरामा सेकुवा बेचिन्छ तर उनीहरुले बेच्ने सेकुवा स्वादमा जति मिठो छ त्यत्ति नै स्वास्थ्यका लागि हानीकारक रहेको उनीहरुको भनाइ छ । कोइलामा सेकिने सेकुवाले स्वास्थ्यमा क्यान्सर जस्तो खतरनाक रोग निम्त्याउने गर्छ ।
बजारमा अहिले ‘मटन’, ‘बफ’ र ‘चिकेन’ सेकुवा सबैभन्दा बढी लोकप्रिय छन् । आगोमा सेकाएर बनाइने सेकुवामा धुवा टाासिने भएकोले यस्तो खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने मासुविज्ञ तथा चिकित्सकहरु बताउँछन् । ह्याकुला, कलेजो, राजखानी, बोसे आन्द्रा, चुस्ता, भुाडी, टाउकोजस्ता मासुका थुप्रै भागका सेकुवा बजारमा भेटिन्छन् । ‘सेकुवा खानु ठिक छैन, स्वादको लागि मात्र खाने हो’, सेकुवाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने मासुविज्ञ देवराज आचार्य बताउँछन् ।
‘नेपाली बजारको सेकुवा पोलाइमा क्वालिटी छैन, सेकुवा साधारण काठमा पोल्दा हानिकारक नै हुन्छ’, आचार्यले भने । सेकुवा पोल्दा कम धुावा आउने आरुबखडाका काठमा पोल्दा मात्र राम्रो हुन्छ, अरु काठमा धुवा आइहाल्छ’, उनको भनाइ थियो । नेपालमा शहर–बजारमा पोलिने सबै सेकुवा हानिकारक भएकोले यस्तो सेकुवाले सिधै स्वास्थ्यमा प्रतिकूल असर पर्ने आचार्य बताउँछन् । सेकुवा खादा सलाद धेरै खानु पर्ने बताउादै उनले धुवारहित बनाउने प्रविधि नहुादा सेकुवा खानु स्वास्थ्यका लागि हानिकारक भएको बताए ।
पोलेको र थोरै समय मात्र पकाएको सेकुवा जस्ता परिकारमा रोग लाग्ने किटाणु जीवितै हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा सञ्जीव शर्मा बताउँछन् । ‘आगोमा पोलेको खानेकुरा खाादा आन्द्रामा क्यान्सर हुन्छ, आगोमा पोलेको खाना स्वास्थ्यको लागि उचित हैन’, उनले भने ।
मासुलाई राम्ररी नपकाउदा मासुमा हुने परजीवी नमर्ने र त्यस्तो मासु खाादा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानी पुर्याएर रोगी बनाउने गर्छ । त्यस्तै फोहोर ठाउामा काटिएको र तौलिएको तथा भण्डारण गरिएको अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दीर्घकालीन रुपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मृगौलाले काम नगर्ने, क्यान्सरजस्ता रोग देखा पर्ने खाद्यविज्ञ केपी लम्साल बताउँछन्। ‘कार्किनो जेनिस जीवाणुले क्यान्सर गराउने गर्छ, नेपालका अधिकांश सेकुवा पसल व्यवस्थित नभएकाले क्यान्सर हुने सम्भावना हुन्छ’, लम्सालले भने ।
चालिस वर्ष उमेर कटिसकेकालाई खसीको सेकुवा खानु अझ हानिकारक छ । विज्ञहरुको अनुसार खसीको सेकुवाले कोलेस्ट्रोरोल बढाउने, रक्तनली सााघुरो भई उच्च रक्तचाप, हृदयाघात, पक्षघातसमेत हुन सक्छ । युरिक एसिड तथा बाथ गराउाछ र आन्द्राको क्यान्सर हुन सक्छ । अल्जाइमर रोग लाग्न सक्छ । हड्डीमा समस्या देखापर्छ । स्तन क्यान्सर हुन सक्छ । मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोग भएका व्यक्तिका लागि खसीको सेकुवा हानिकारक हुने विज्ञ तथा चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस