अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको नयाँ मिति घोषणाअघि माओवादी शीर्ष नेतासँग छलफल

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १३ : २२
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको नयाँ मिति घोषणाअघि माओवादी शीर्ष नेतासँग छलफल

काठमाडौँ । अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलनको नयाँ मिति तय गर्ने विषयमा पार्टीको शीर्ष नेताहरूसँग छलफल भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने भनिएको सम्मेलन तयारी नपुगेकाले स्थगित गरिएको थियो ।

सम्मेलनको नयाँ मिति घोषणाका लागि क्रान्तिकारीको कार्यालय बैठक बुधबार बसेको थियो । तर दशैं अगाडि गर्ने कि पछि गर्ने भन्ने सम्बन्धमा एक मत नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बसेर निष्कर्षमा पुग्ने कार्यसूची घोषणा गरेको थिएन ।

असोज १० गते सम्मेलन सुरु गर्ने प्रस्ताव लिएर इन्चार्ज हिमाल शर्मा र अध्यक्ष पञ्चा सिंह पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । पदाधिकारीसहितको छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले क्रान्तिकारीले ल्याएको प्रस्तावलाई समर्थन गर्दै चाँडै सम्मेलन सम्पन्न गर्न निर्देशन दिएका थिए ।

विद्यार्थीको सम्मेलन दशैं अगाडि नै सम्पन्न गर्ने गरी तयारी थाल्न निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस