जम्मु-कस्मिरमा आजदेखि विधानसभा चुनाव, पहिलो चरणको मतदान

एजेन्सी

बुधबार, ०२ असोज २०८१, ०७ : ५५
जम्मु-कस्मिरमा आजदेखि विधानसभा चुनाव, पहिलो चरणको मतदान

एजेन्सी । जम्मु कास्मीरआज विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान हुँदै छ। 

आज (सेप्टेम्बर १८) पहिलो चरण सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्। 

आज पहिलो चरणमा राज्यको कूल २४ विधानसभा सिटका लागि मतदान हुनेछ।  जसमध्ये १६ सिट कस्मिर र ८ सिट जम्मुका छन्।

बीबीसीका अनुसार २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरियो। 

यो चुनावमा नेसनल कन्फ्रेन्स र कंग्रेसले संयुक्त रूपमा राज्यका सबै ९० सिटमा उम्मेदवारी दिएका छन्।भाजपा र पीडीपी भने एक्लाएक्लै चुनावी मैदानमा एक्लै छन्।

लोकसभा सांसद इन्जिनियर रासिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारसँग गठबन्धन घोषणा गरेको छ।मतदानलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस