बसन्तपुरबाट बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, १४ : २१
बसन्तपुरबाट बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं । राजधानीको बसन्तपुरबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर वृत्त जनसेवामा राखेको हो ।

तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले भने उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरीले लगेको बताए ।  झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनको भनाइ थियो । बसन्तुपु्रको कार्यक्रममा प्रधानमन्त्री केपी ओली जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस