भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या

'ह्विल लक’ भएपछि ट्याक्सी वे मै रोकियो

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १० : २२
भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या

File Photo

काठमाडौं । भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ ।

त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् । बिहान ७.२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए ।
जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई अर्को जहाजमा पठाइएको छ ।