एनपीएलको मार्की खेलाडी लक्की ड्र, यी हुन् ८ टीमका मार्की खेलाडी

सफल खबर संवाददाता

शनिबार, २९ भदौ २०८१, १४ : ४१
एनपीएलको मार्की खेलाडी लक्की ड्र, यी हुन् ८ टीमका मार्की खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ । शनिबार भएको लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहित पौडेल टीम लुम्बिनीको मार्की खेलाडी बनेका छन् ।

सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। पहिलो संस्करणको एनपीएल आउँदो पुस १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस