बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको सम्मान एवम् अाैषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्नुको विकल्प नभएको समेत बताए । उनले बुटवललाई स्वास्थ्य हब बनाउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरे ।
१२ सय शय्याको अस्पतालले पूर्णता पाएपछि यस क्षेत्रमा अाैषधी व्यवसाय पनि फस्टाउने उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा समेत राखे ।
औषधी व्यवसायको नाममा हुने लागु औषध कारोबारमा कडाइ गरिने पनि आचार्यले बताए । औषधी व्यवसायी सङ्घका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले सरकारी स्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याब स्थापना गर्नुपर्ने माग राखे ।
यस्तै दाङ र रुपन्देहीमा औषधीजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको समेत उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी