पर्वत । डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । ६० शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ ।
ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।
नौवटा एम्बुलेन्स थन्किए
यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् ।
विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ भदौ २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण
डेंगुबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
चितवनमा डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु
काभ्रेमा फैलिँदै डेंगु
४७० जना डेंगु सङ्क्रमित थपिए
७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी