उपसभामुख हटाउने प्रस्ताव आए माओवादीले विरोध गर्ने

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, १२ : ४८
उपसभामुख हटाउने प्रस्ताव आए माओवादीले विरोध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव सत्ता गठबन्धनले संसदमा पेस गरे विरोध गर्ने बताएका छन् । मंगलबार कुरा गर्दै पाण्डेले उपसभामुखलाई हटाउने प्रस्ताव आएमा विरोध गर्ने बताएका हुन् ।

‘उपसभामुखलाई हटाउने सम्बन्धमा सत्ता गठबन्धनले संसदमा कुनै प्रस्ताव ल्याएको छैन । यदि प्रस्ताव आएको विषयमा हामी विरोध गर्छौँ । अहिले नै यसबारे पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन’, पाण्डेले भने ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख राना मगरले पदीय  आचरविपरीत काम गरेको भन्दै हटाउनुपर्ने सम्बन्धमा  छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस