सहकारी पिडितको आन्दोलनका सबै कार्यक्रम फिर्ता

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, १० : ४३
सहकारी पिडितको आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ । 

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो  । सहमति भएँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । 

सहमतिपछि सहकारी बिभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय  कार्यदल गठन  भएको छ ।मन्त्रालयका अनुसार कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी बिभागका प्रतिनिधि रहनेछन् । 

यसैबीच सहमतिसँगै अनसनमा बसेका सहकारी पिडितहरुलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी बिभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाए ।