मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, ०६ : ५९
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।

चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ ।