सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १० : ५३
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ ।यसैबीच चाँदीको मूल्य आइतबार तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।