प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थिगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, ०८ : ५२
प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थिगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

सुर्खेत । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थिगित भएको छ ।

सम्पुर्ण तयारीका बाबजुत मध्यराती उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएनि समारोह स्थिगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए ।

दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो । त्यसका लागि सम्पुर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए । 

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोवारवाला व्यक्तिहरुको समेत जुम्लामा सहभागीता भइसकेको थियो । तर एक्कासी प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले जानकारी दिए ।

‘आँखाको कार्यहरु त हुन्छ, दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको काम रोकियो,’उनले भने, ‘प्रधानमन्त्री नआउने भएपछि स्वास्थ्यमन्त्री पनि आउनुहुन्न ।’

यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासी नआउने निर्णय गरेपछि जुम्ला पुगेका पाहुनाहरु भने निराश बनेका छन् । 

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । ती विद्यार्थीहरु जुम्ला पुगिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस