दसैँ-तिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्छ : किराती

सफल खबर संवाददाता

शुक्रबार, २१ भदौ २०८१, ०९ : ४३
दसैँ-तिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्छ : किराती

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएका छन् । 

अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए ।  अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन उनले भने । 

माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस