काठमाडौं। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई दुई बुँदे निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री पौडेललाई स्वास्थ्य र जनसंख्या व्यवस्थापनसम्बन्धी निर्देशन दिइएको हो ।
समितिले स्वास्थ्यमन्त्री पौडेललाई औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री–वितरण लगायतका कार्यलाई नियमन गर्न निर्देशन दिएको छ । साथै दर्ता नभएका पोषण परिपुरकहरूको जथाभावी बिक्री–वितरण भइरहेको गुनासो आएकोले प्रभावकारी अनुगमन गरी नियमन गर्न पनि समितिको निर्देशन छ ।
यस्तै स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्न र यसअन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक पर्ने सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न पनि समितिले मन्त्रीलाई आग्रह गरेको छ ।
यसैगरी अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाई आम नागरिकले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गराउन आफूले विगतमा दिएका निर्देशनहरूको कार्यान्वयनको प्रगति विवरण १० दिनभित्र उपलब्ध गराउन पनि समितिले स्वास्थ्यमन्त्री पौडेललाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई शिक्षा समितिको निर्देशन- त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नू