काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा नेताहरूले उठेको प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक टुंग्याइएको हो।
बैठकमा अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्ने बताए।
उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’
उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताए। उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिए।
माओवादीले प्रदेश स्तरीय परामर्श समितिको बैठक बसेपछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ। प्रचण्डले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श लिइसकेका छन्।
परामर्श समितिको बैठकमा पार्टीका उपमहासचिवसम्म सहभागी छन्। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई जनता केन्द्रित बनाउने माओवादीको तयारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
प्रचण्डले बोलाए पदाधिकारी बैठक, क्रान्तिकारीको सम्मेलन स्थगित हुनसक्ने
आत्मा आलोचनासहित जनताको घरघरमा जाने नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन
युवा सङ्गठन सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुरमा
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भयो : प्रचण्ड