काठमाडौं। इंग्ल्यान्डका तीन खेलाडीले राष्ट्रिय फूटबल टोलीबाट नाम फिर्ता लिएका छन् । म्यानचेस्टर सिटीका फिल फोडेन, चेल्सीका कोलो पाल्मर र एस्टन भिल्लाका ओले विटकिन्सले नाम फिर्ता लिएको बेलायती सञ्चारमाध्यमले बुधवार जनाएका छन् ।
इंग्ल्यान्डका अन्तरिम प्रशिक्षक ली कार्सलीले यी तीनवटै खेलाडीलाई नेसन्स लिगका दुई खेलका लागि बोलाएका थिए । इंग्ल्यान्डले आगामी ७ र १० सेप्टेम्बरमा गणतन्त्र आयरल्यान्ड र फिनल्यान्डविरुद्ध दुई खेल खेल्दैछ ।
सिटीका मिडफिल्डर फोडेनले बिरामी भएका कारण नाम फिर्ता लिएको बताएका छन् । यता पाल्मर र विटकिन्सले भने कानूनी झमेलाका कारण नाम फिर्ता लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १३ : ३०
लेखकबाट थप