बालेन शाह समर्थकद्वारा प्रधानमन्त्री ओलीको फेसबुकमा हमला

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, ०८ : ११
बालेन शाह समर्थकद्वारा प्रधानमन्त्री ओलीको फेसबुकमा हमला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समर्थकले प्रधानमन्त्री तथा नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजलाई तारो बनाएका छन् ।

बालेनले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् । 

बालेनका समर्थकहरूले ओलीको फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । 

मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेको छ । यो अभियानबाट मंगलबारयता ३० हजार बढीले ओलीको पेज अनलाइक गरेका छन् ।​

सर्वोच्चको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले खोलाको मापदण्डबारे एक निर्णय गरेपछि एमाले बालेनसँग आक्रोशित बनेको छ । बालेनले आफ्नो निर्णय बचाउमात्रै गरेका छैनन्, एमालेमाथि पनि आक्रोश पनि पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस