सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिल कार्यालयले दियो पुनरावेदन गर्नुपर्ने राय

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १६ : १९
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिल कार्यालयले दियो पुनरावेदन गर्नुपर्ने राय

काठमाडौँ। उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रतिवेदन अध्ययन गरी महान्यायाधिवक्ता कार्यालयले थप निर्णय लिने कार्यालयको भनाई छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले फाइल आएपछि निर्णय हुने बताए। ‘अहिलेसम्म फाइल आएको थाह पाएको छैन, आउनासाथ हेरेर निर्णय हुनेछ’ उनले भने । क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्न आग्रह गर्दै पीडित गौशाला २६ ले उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस