काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् ।पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् ।
सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं।’भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।
उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरे ।‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड