काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
पार्टीको काठमाडौँ–२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलीय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र विरोधी र निरंकुशताका पक्षधर भएको समेत उनले आरोप लगाए ।
समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरीत भएको भन्दै थापाले सम्भावित सर्वसत्तावादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे ।
देश बचाउन र बनाउन राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने भन्दै उनले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।
प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ, उज्वल पोखरेल लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा
अहिलेको संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा
बेथिति र विकृतिको समूल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा