ताइफुका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : ०२
ताइफुका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु

टोकियो । दक्षिणी जापानमा तीन जनाको मृत्यु भएको छ । शक्तिशाली ताइफुका कारण गएको पहिरोमा परेर एकै परिवारको तीन जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी जापानको क्युशु टापुमा स्थानीय समयअनुसार बिहान ८ बजेतिर शानशान ताइफु आपुगेको जापानको मौसम  विभाग (जेएमए)ले भनेको छ ।

एजेन्सीले ताइफुबारे दुर्लभ जारी गर्ने विशेष चेतावनी पनि जारी गरेको थियो । टापुमा प्रतिघन्टा २५२ किमिको दरले आँधी चलेको थियो । ताइफुको प्रकोपबिच ७० वर्ष उमेर समूहका एक दम्पती र ३० वर्ष उमेर समूहका एक पुरुषको निधन भएको थियो ।

यी तीनै जना एउटै परिवारको भएको बताइएको छ । परिवारका अन्य दुई सदस्यको भने उद्धार गरिएको स्थानीय समाचार च्यानल एनएचकेले भनेको छ । गएको २४ घनमा क्युशुको केही क्षेत्रमा ६०० एमएम जति पानी परेको थियो । साढे २ लाखभन्दा बढी घर बिजुलीविहीन छन् ।

आँधीका कारण रुखहरू ढलेको, घरका छानाको टायल उडाएको अनलाइनमा पोष्ट भएका भिडियोले देखाएका छन् । ताइफुका कारण कागोशिमा र मियाजाकीमा कम्तिमा ३९ जना घाइते भएको बताइएको छ ।

बिहिबार टोयोटा र निशान लगायत मुख्य कार निर्माताहरूले कर्मचारीको सुरक्षालाई उद्धृत गर्दै आफ्नो कारखाना बन्द गरेका छन् । दक्षिणी जापानतर्फ आउने जाने सयौँ उडान रद्द भएका छन् । उच्च गतिको केही रेल सेवा पनि बन्द गरिएको छ ।