भ्रष्टाचारको फाइल खोल्नुभन्दा सरकार टिकटक खोल्नमा व्यस्त भयो : सांसद यादव

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १५ : ५४
भ्रष्टाचारको फाइल खोल्नुभन्दा सरकार टिकटक खोल्नमा व्यस्त भयो : सांसद यादव

काठमाडौँ । जसपा सांसद राजकिशोर यादवले सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संविधानको आत्मा समानुपातिक समावेशी भएपनि राजदूत नियुक्ति त्यसअनुरूप किन भएन भन्दै  प्रश्न गरे । उनले राजदूत सिफारिस कुनै पनि कोणले समावेशी नभएको उल्लेख गरे ।

‘राजदूत सिफारिस कुनै कोणबाट पनि समावेशी भएन । एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किकने गरी सिफारिस भएको हो‚’ उनले भने‚‘सरकारले संविधान मान्दैन भने भोलिको दिनमा जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पत्ति होला ?

सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस