काठमाडौँ । डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाउँदासमेत अस्पतालको अवस्थामा सुधार नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले सदनमा विषय उठान गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले डडेलधुरा अस्पतालको दुरावस्थाबारे प्रश्न उठाउँदै सो विषय उठान गरेका हुन् ।‘डडेलधुरा अस्पताल ०७७ जेड ८ मा १०० शय्यामा स्तरोन्नति गर्यो । १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । एक जना पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैन‚’ उनले भने ।
उनले इन्टर्नसहितका भरमा अस्पताल सञ्चालन भइरहेको बताए ।‘पाँचसय बेड बनाउने निर्णय पनि भएको थियो । तर, पाँच–पाँच पटक प्रधानमन्त्री भएको जिल्लाको अस्पतालको अवस्था यस्तो छ, सुधार आउन सकेन‚’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १४ : २१
लेखकबाट थप