टुँडिखेलमा भएको घटना अराजक र उच्छृङ्खल :श्याम घिमिरे

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १३ : ५१
टुँडिखेलमा भएको घटना अराजक र उच्छृङ्खल :श्याम घिमिरे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख श्याम घिमिरेले गौरा पर्वको अवसरमा टुँडिखेलमा  अराजक घटना भएको बताएका छन् । युवा या प्रौड जसले गरे पनि त्यो घटना उच्छृङ्ख भएको र त्यसलाई समर्थन गर्न नसकिने उनले बताए ।

 

प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा कांग्रेस सचेतक घिमिरेले सांस्कृतिक कार्यक्रममा भएको व्यवहार अराजक भएको बताएका हुन् । ‘टुँडिखेलमा जुन घटना भयो, त्यो विशुद्ध सांस्कृतिक कार्यक्रम हो ।

त्यहाँ भएको व्यवहार उच्छृङ्खल र अराजक हो । त्यो युवाले गरुन् या प्रौढले त्यो उच्छृङ्खल नै हो’ घिमिरेले भने, ‘त्यस्ता कुरालाई लिएर संसद्‌मा प्रश्न उठाउन खोज्यौं भने मुलुक र समाजको संस्कृतिलाई कता लाँदैछौं ? संसद्‌को ध्यानाकर्षण गराउन चाहन्छु ।

’प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सोमवार नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका थिए । बुधवार नै रास्वपाका हरि ढकालले सिंहदरवारका बेइमानलाई खबरदारी गर्दा पक्राउ गरिएकालाई रिहा गर्न माग गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस