सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १० : ४९
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो । यसैबीच चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।