बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १३ : ३८
बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

 काठमाडौं । रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।  उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।

मंगलबार बलात्कार भएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस