रामेछापको शैलुङमा पहिरो, २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, ०७ : ३८
रामेछापको शैलुङमा पहिरो, २ जनाको मृत्यु

काठमाडौ । रामेछापको दोरम्बा शैलुङमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराती पहिरो गएको हो । सो क्रममा पहिरोले ३ घर बगाएको र दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी कौशल न्यौपानेले बताए । 

 पहिरोमा केही व्यक्ति वेपत्ता भएको पनि उनले बताए । प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस