काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले स्टार्टअप अर्थात नवपर्वतनका लागि युवाहरूले काम गर्नका लागि सरकारले सहयोग गर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको यूथ कन्क्लेभ कार्यक्रममा युवाहरूले गरेको प्रश्नहरूको उत्तर दिने क्रममा उनले स्ट्रार्टअपका लागि ऋण लिन सरकारले यो वर्ष १ अर्ब बजेट छुट्टाएको र राम्रो योजना ल्याउनका लागि आग्रह गरे ।
यो वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर १० हजारभन्दा बढी स्टार्टअप सुरु गर्न लागिएको ओलीले बताए । उनले सर्टिफिकेट धितोमा पनि ऋण दिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने –‘स्टार्टअप कृषि उद्यममा आधारित र अरू साना उद्योगहरूमा, स–साना पैसाबाट साना उद्योगहरूमा लगानी गर्न सकिन्छ ।
सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने व्यवस्था देखि महिला युवाहरूलाई ४ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था छ । मेरो ध्यान युवा विकास, युवा सशक्तीकरणमा ध्यान छ, यसबाट मात्र देश अघि बढाउन सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको पाल्पा र बुटवलको कार्यक्रम स्थगित
फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली
विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री
कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली