काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हा।
समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बनेका हुन् ।
दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई हराउदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि
साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने
साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने