काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।
त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।
नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन् ।योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्ने
साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने
साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने