काठमाडौं। जर्मन राष्ट्रिय टोलीका कप्तान इकाए गुन्डोगानले अन्तर्राष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गरेका छन् ।उनले मंगलवार साँझ सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।सन् २०११ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका मिडफिल्डर गुन्डोगानले जर्मनीका लागि ८२ खेल खेलेर १९ गोल गरेका छन् ।
यसै वर्ष घरेलु मैदानमा भएको युरोकपमा ३३ वर्षीय गुन्डोगानले जर्मन टोलीको कप्तानी गरेका थिए । जहाँ जर्मनी उपाधि जितेको स्पेनसँग क्वार्टरफाइनलमा पराजित भएको थियो ।
गुन्डोगान इङ्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तानसमेत हुन् । उनकै कप्तानीमा सिटीले सन् २०२३ मा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
गुन्डोगान गत सिजन सिटी छाडेर स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । उनले बार्सिलोना छाड्ने पनि तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १५ : ५२
लेखकबाट थप